भोलि (मंगलबारदेखि) सुरु हुने प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता कार्यसूचीमा परेको छैन।

संसद सचिवालयले उपलब्ध गराएको कार्यसूचीमा एमसीसीसम्बन्धी विषय समावेश छैन। हिउँदे अधिवेशनको यो बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ।

एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु विभाजित छन्। कतिपयले भोलि एमसीसी टेबल गर्नको लागि प्रतिनिधि सभाको बैठक डाकिएको बताएका थिए।

सम्भावित कार्यसूचीको पहिलो नम्बरमा अधिवेशन सुरु भएको भन्ने ब्यहोराको राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने रहेको छ।

त्यसैगरी दोस्रोमा अध्यक्षता गर्ने सदस्य मनोनयनको रहेको छ।

तेस्रोमा नेपाल प्रहरी, तेजाव तथा घातक रसायनिक पदार्थ सम्बन्धी अध्यादेश पेश गर्ने, भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश पेश गर्ने र कानुनमन्त्री दिलेन्द्र बडुले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here