काठमाण्डौ, ३० कार्तिक ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आजपनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । मंगलवार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो । धर्ना तथा बिरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउनु भयो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको बताउँदै राजीनामापछि मात्रै न्यायपालिकाको सुधार हुने बताउनु भयो ।अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हाम्रो ठहर के हो भने न्यायपालिका भित्र विसंगति, विकृति र भ्रष्टाचार छ, त्यसको संरक्षण प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले गर्नुभएको छ, त्यस कारण उहाँको राजीनामाबाट मात्रै सुधारका कदमहरु अघि बढुन सक्छन्, त्यसैले उहाँको राजीनामा नआएसम्म हाम्रो आन्दोलन जारी रहन्छ, भोलिबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन हुनेछ, त्यसका लागि हामी बैठक बसिरहेका छौँ ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधी जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको बताउनु भयो । उहाँले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here