अखिलेश कुमार यादव ।रौतहट । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार रौतहट जिल्लामा मधेशी जनता के भन्छ ?भ्रष्टचारिलाई जेल दे भन्छ नारा सहित सिटी जुलुस प्रदर्शन गरेको छ ।जनमत पार्टीको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत रौतहट सहित प्रदेश नम्बर २ को ८ वटै जिल्लाको सदरमुकाममा जनमत पार्टीका नेता कार्यकर्ताहरुले सोमबार सिटी जुलुस प्रदर्शन गरेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पार्टीले निर्धारित कार्यक्रम अनुसार रौतहट जिल्लामा पनि सिटि जुलुस प्रदर्शन गरेको छ ।
केके छ जनमत पार्टीको पूर्व निर्धारित कार्यतालिका अनुसारको कार्यक्रम
जनमत पार्टीले मंगलबार पालिकाहरुमा बाइक रैली गर्दै नारा माइकिङ्ग गराउने, बुधबार मशाल जुलुस निकाल्ने, बिहीबार वडामा युवा दस्ता प्रशिक्षण दिने, आरपार आन्दोलन गर्न तयारी गर्ने, शुक्रबार जिल्ला सदरमुकाममा मशाल जुलुस निकाल्ने, कार्तिक १३ गते शनिबार अधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने घोषणा गरिसकेका छन् ।
कार्तिक १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलन समीक्षा गरी आन्दोलनको थप कार्यक्रम ल्याउने, कार्तिक १५ गते सोमबार गाउँपालिकाको ठूलो बजार र हटियाहरूमा कोणसभा गरेर आन्दोलनका मागहरू जनता समक्ष अवगत गराउने र कार्तिक १६ गते मंगलबार वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरू गरेर माग जनता समक्ष अवगत गराउने, सबै जनता आन्दोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने कार्यक्रम निर्धारण गरेको ,युवा जनमत संघ जिल्ला अध्यक्ष ज्वाला रणवीर ( विवेक )ले जानकारी गराएको छ ।
गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि प्रहरीले जनमतका १७ जना नेता कार्यकर्तालाई पक्राउ गरि मुद्दा चलाएको छ ।जनमत पार्टीको नेता कार्यकर्ताले राष्ट्रसेवक कर्मचारी माथि गरेको दुर्वव्यवहारको देश भरि चर्को आलोचना समेत भईरहेको छ ।उक्त सिटि जुलुसमा केन्द्रिय सदस्य ललित मल्लिक सानू,केन्द्रिय सदस्य डा. सुबन्त कुशवहा ,जिल्ला अध्यक्ष रामेस्वर यादव ,जिल्ला सचिव बिकास यादब ,युवा जनमत संघ जिल्ला अध्यक्ष ज्वाला रणवीर ( विवेक )उपस्थिति रहेको थियो







