काठमाण्डौँ – सिन्धुपाल्चोकमा सोमवार दिउसो भूकम्पको धक्का महसुुस भएको छ ।
सिन्धुलपाल्चोकमा सोमबार दिउँसो १ बजेर ४६ मिनेट र ५६ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर लगातार २ पटक भुकम्प ४।७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का आसपासका जिल्ला काठमाण्डौँ समेत महसुस भएको थियो ।
उक्त भूकम्प विसं २०७२ सालमा आएको महाभुकम्पकै पराकम्प भएको बताइएको छ ।








