शैंको टीकाको दिन शुक्रवार मानिसहरू नाचगान गर्दै सडकमा हिँडिरहेका देखिए । तराईमा मध्याह्नको चर्काे गर्मीको समेत कुनै पर्वाह नगरी नाचगान भइरहेको छ ।

माइकको चर्काे आवाजमा दुर्गामाताको भजनकीर्तन बजिरहेको छ । गाडीमा दुर्गामाताको मूर्ति सजिएका छन् ।

रङ्गीबिरङ्गी पोशाकमा सजिएका केही कन्याहरूले टाउकोमा कलश अड्याएका छन् । उनीहरू संगीतको तालमा कम्मर मर्काउँछन् तर भीडका बाँकी सदस्यको उन्मुक्त नाचगान रमाइलोले स्थानीयको ध्यान खिचेको छ ।

भर्खरै दशैंको साइतको टीका लगाएकाहरू सो दृश्य हेर्न कौसी र सडक पेटीमा निस्केका थिए र दुर्गा माताको मूर्तिको फूलअक्षता ग्रहण गरिरहेका थिए ।

रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–१ का थारू समुदायले परम्परागत रूपमा यहीँ संस्कृति मान्दै आएका छन् ।

थारू समुदायका अगुवा विश्वनाथ मल्लाह भन्छन्, नवदुर्गाभरि ९ दिनसम्म व्रत बसी पूजाआजा गरेकोमा आज दशमीको दिन सेलाउन लागिएको हो । बुवाबाजेको पालादेखि नै यो चलन चल्दै आएकोमा हामीहरूले निरन्तरता दिएका हौं ।’

विश्वनाथले पहिले गाउँ छँदा पनि एक्लै यो पर्व आयोजना गर्थे । पछि शहर पसेर सबै थारू समुदायसँग ओमसतियामै सामूहिक रूपमा गर्दै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here