अखिलेश कुमार यादव रौतहट ।

बारा जिल्लामा सवारी दुर्घटनामा परेर एक जना साईकल यात्रुको मंगलबार बेलुका मृत्यु भएको छ ।गीति बालुवा लोड गरेर बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका बाट कोल्हभि जादै गरेको ना ६ त ३६९० को ट्याक्टरले साइकललाई ठक्कर दिदा साईकलमा सवार रहेको आदर्श कोतवाल गाउँपालिकाको वडा न ५ टेढाकट्टी निवासी शेख ननक मिया को २५ बर्षिय छोरा अब्दुलैश मियाको घटनास्थलमै मृत्यु भएको बराको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भएको छ ।

हरनहिया बाट आफ्नो घर जादै गरेको साइकलमा सवार अब्दुलैश मियालाई तमागढ़ी सिमरौनगढ़ सडक खण्ड अन्तर्गत बिर्ता गाउँ नजिकै ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

शवको मुचुल्का उठाई शवलाई पोस्टम्यार्टमको लागि जिल्ला अस्पताल कलैयामा पठाईएको र ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएर घटना बारे थप्प अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक मिश्रले  जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here