अखिलेश कुमार यादव ।रौतहट ।
कटहरिया नगरपालिकाको वडा न १ मा रहेको आधारभूत बिद्यालय जमुनियामा नगरप्रमुख सियाराम कुशवाहाको पहलमा जग्गा खरिद भएको छ ।आधारभूत बिधयालयमा बिद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको देखेर बिद्यालयलाई जग्गाको आवश्यकता रहेको खबर नगरप्रमुख कुशवाहाले पाए पछि सो बिद्यालयको लागि जग्गा खरिद गर्नु भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरेर कटहरिया नगरपालिकाको वडा न १ आधारभूत बिधयालय जमुनियाको प्रांगणमा टेन्डर प्रक्रिया मार्फत प्रति कठा ५ लाख १० हजार ९२५ को दरले ४ कठा जग्गा खरिद गरिएको कटहरिया नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भएको छ ।
टेन्डर प्रक्रिया बाट जग्गा खरिद गरेको कार्यक्रममा वडाअध्यक्ष बिद्यालय ब्यवस्थापन समिति, लगाएत दर्जनौ ब्य्कतिहरुको उपस्थिति रहेको थियो ।








