अखिलेश कुमार यादव ।रौतहट ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीलाई बाँडेको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको गुनासोपछि अख्तियारले मारेको छापा विरुद्ध जसपाले प्रदर्शन गरेको हो ।No description available.

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम बेटी पढाउ बेटी बचाऊ कार्यक्रमलाई बदनाम गर्न छापा मारेको विरुद्धमा जसपाका नेता कार्यकर्ताले आइतबार रौतहट जिल्लाको सदरमुकामसहित प्रदेश २ का ८ वटै जिल्लामा निर्धारित कार्यक्रम अनुसार प्रदर्शन गरेका हुन् ।No description available.

रौतहट जिल्लाको सदरमुकाम गौर लहान, सिरहा, राजविराज, मलंगवा, कलैया, बिरगंज लगायतको स्थानमा जसपाले आइतबर अख्तियार विरुद्ध प्रदर्शन गरेको हो ।सदरमुकाम गौर को बिपी चौक बाट सयौंको संख्यामा सुरु भएको सदरमुकाम गौरको विभिन्न भागमा प्रदर्शन गर्दै नेपाल लौज निर पुगेर कोणसभामा परिणत भइ सम्पन्न भएको छ ।No description available.

कोणसभामा बोल्दै जसपाका नेता श्याम बिहारी यादवले अख्तियराले सुनियोजित रुपमा प्रदेश सरकारलाई बदनाम गराउने नियतले मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै संघीयता विरोधी काम गरेको आरोप लगाएका छन् । यसअघि शनिबार साँझ जसपा रौतहटले झरीको बीच पनि गरुडामा मसाल जुलुस प्रदर्शन गरेको थियो ।अख्तियारले बुधबार मुख्यमन्त्री कार्यलयमा छापामारी गरि साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । No description available.No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here