अखिलेश कुमार यादव ।रौतहट ।
रौतहटबाट श्रोत नखुलेको अवैध रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।इशनाथ नगरपालिकाको वडा न २ औरैया बाट प्रहरीले चेक जांच गर्ने क्रममा ४ लाख ५१ हजार श्रोत नखुलेको रकम सहित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।May be an image of 2 people and indoor

श्रोत न खुलेको ४ लाख ५१ हजार रुपैयाँ सहित पक्राउ पर्नेमा निरज कुमार साह र रामचन्द्र राउत रहेका छन्।

प्रहरी चौकी औरैयाबाट खटेको टोलीलले गएराति नेपालबाट भारत तर्फ जाँदै गर्दा बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको रौतहट प्रहरीले जनाएको छ।

बरामद ४ लाख ५१ हजार नगद सहित दुवैजनालाई आवश्यक कार्यवाहीका लागी जिल्ला भंसार कार्यालय गौरमा पठाइएको रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here