अखिलेश कुमार यादव । रौतहट ।

रौतहट जिल्लामा मोटरसाईकल दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मौलापुर बिधुत प्राधिकरणमा करार सेवामा फ्युजसेवामा कार्यरत कर्मचारी पप्पु पटेल रहेको प्रहरीले जनाएको छ । कटहरिया बाट आफ्नो घर देवाही गोनाही नगरपालिका वडा न ६ जाने क्रममा गए राति ९;३० मिनेटमा आफैले चलाईरहेको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटना उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

दुर्घटना भएको खबर पाए लगतै प्रहरीले घाईते पप्पु पटेललाई उपचारको लागि कटहरिया स्थित एउटा क्लिनिकमा लैजांदा डाक्टरले मृत घोषणा गरेको थियो ।

मृतकको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको घटनाको वारेमआ थप्प अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here