बिरगंज ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको भिस्वा सीमा नाकाबाट भारी मात्रामा लागू औषध सहित एक जना युवकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बेलुका भारतबाट लुकाई छिपाई झोलामा समान बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बिओपि भिस्वा बंजारीको कमान्डमा खटिएका टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो ।

डाईजिपाम ५०० एम्पुल, नुफिनीजेकटोन ५०० एम्पुल, प्राेमेथाजाइन हाइड्राेक्लाेराइड ५०० एमपुल प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषध सहित पक्राउ परेका युवक बिरगंज महानगरपालिका कार्यालय वडा न.१५ निवासी १६ वर्षिय राजकुमार पटेल रहेको छ । लागू औषध सहित पक्राउ परेका बालक र लागूऔषधलाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको प्रहरी निरीक्षक दिपक थापाले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here