अखिलेश कुमार यादव । रौतहट । निजामति कर्मचारी दिवसको अवसर पारेर रौतहटको गौरमा कर्मचारीहरुले मंगलबार जिल्ला अस्पताल गौरमा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेको हो । प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा गौर अस्पतालमा रहेको करिब करिब ३० जना बिरामीलाइ फलफुल बितरण गरिएको हो ।
निजामति दिवशकै अवशरमा सदरमुकाम गौरमा रहेको निजामति कर्मचारीहरुले गौर अस्पतालमा रक्तदान, वृक्षारोपण,फलफूल बितरण, र मास्क बितरण कार्यक्रमको समेत आयोजना गरेको थियो ।
प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले आफैले रक्तदान गरि निजामति दिवशको अवशरमा रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
जिल्ला अस्पताल गौरको परिशरमा निजामति कर्मचारीहरुले अस्पतालमा रहेको बिरामीहरुलाई अक्सिजन पाउन सजिलो होस् भन्ने उदेशय्ले वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले बताउनु भएको छ ।


प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय गौर ,दुर्गा भगवती गाउँपालिकाको कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालय रौतहटको नासु रामनरेश साह,सहयाक जिल्ला अधिकारि, जिल्ला हुलाक कार्यालय लगाएत बिभिन्न कार्यालयको कर्मचारीहरुको उपस्थीती रहेको थियो ।










