२०७८ भदौ २० गते ।
नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसरमा सर्लाही अस्पतालमा भर्ना एका बिरामीलाई फलफूल तथा वितरण गरिएको छ ।निजामती कर्मचारी युनियन जिल्ला कार्यसमित सर्लाहीले शनिबार सर्लाही अस्पतालका बिरामीलाई फलफूल तथा मास्क वितरण गरका हो ।युनियनका सर्लाही जिल्ला अध्यक्ष कपिल देवसाहको अध्यक्षता तथा अस्पताल प्रमुख नवलकिशोर झाको प्रमुख आतिथ्यमा फलफूल वितरण गरी स्थापना दिवस मनाएको सदस्य शैलेन्द्र महतोले जानकारी दिए ।सो अवसरमा युनियनका केन्द्रिय सदस्य रामकिशोर साह, उपाध्यक्ष मिनबहादुर चौधरी, रामदुलार साह, सचिव युगल किशोर साह, कोषाध्यक्ष प्रमोद चौधरी र सहसचिव संजित कुमार राय लगायतको सहभागिता रहेको थियो ।







