२०७८ भदौ २० गते ।
आफ्नै पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतको चर्को आलोचना भएको छ ।जसपाको प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश संसदीय दलको शनिबार जनकपुरमा भएको संयुक्त बैठकमा लालबाबु राउत सरकारको कामकारबाहीको चर्को आलोचना भएको हो ।अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा ८ घण्टा बढी चलेको बैठकमा बोल्ने अधिकांश सांसदले प्रदेश सरकार भ्रष्टाचारमा डुबेको, कामकारबाही ठीक नभएको, सुशासन पारदर्शीताको प्रत्याभूति नभएकाले पार्टीमाथि समेत जनतामा वितृष्णा हुन थालेको सांसदहले गुनासो गरेका छन् ।एक सांसदले दिएको जानकारी अनुसार दिउँसो १ बजेदेखि राति ९ बजे चलेको लामो बैठकमा अधिकांश सांसदले लालबाबु राउत सरकारकै कामकारबाहीको विषयमा असन्तुष्टि पोख्नुका साथै राजिनामा माग गरेका छन् ।सांसदहरुले गरेको ब्यापक आलोचना पश्चात बैठकले लालबाबु राउत सरकारको काम कारबाहीको पत्येक महिना अनुगमन गर्न एक समिति गठन गर्ने निर्णय गरको छ ।यस्तै संगठन सुदृढिकरण (सुज) अभियान प्रभावकारी कसरी बनाउने, प्रदेशका जनताले सुशासनको अनुभूति लगायत पार्टीलाई अझ सशक्त कसरी बनाउने विषयमा छलफल भएको अर्का प्रदेश सांसद ज्ञानेन्द्र यादवले जानकारी दिए ।
सरकारको कामकारबहीको प्रत्येक महिना अनुगमन गरी प्रतिवेदन तयार गर्न जसपाले केन्द्र स्तरमै एउटा समिति निर्माण गर्ने निर्णय भएको उनले बताए ।बैठकबाट एक महिना भित्र सरकारको कामकारबाही सुधार गरी गुणस्तरीय गर्न मुख्यमन्त्री राउतलाई निर्देशन दिइएको जनाइएको छ ।जनकपुरको वेलकम होटेलमा बसेको बैठकमा जसपाका प्रदेश २ का ३७ जना प्रदेश सांसद, जसपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरुको उपस्थिति रहेको थियो । संसदीय दलको बैठक पश्चात रात्रि भोजको आयोजन गरिएको थियो । भोजामा साकाहारी र मान्साहारी भोजनको व्यवस्था रहेको एक प्रदेश सांसदले बताए ।








