रौतहट, १८ भाद्र ।
जागिर लगाई दिन्छु भन्दैं ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरि सार्वजनिक गरेको छ ।
प्रहरीले रौतहटको गौर नगरपालिका वडा नं. ७ बस्ने बर्ष २२ को सुधिर कुमार झा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला रौतहट यमूनामाई गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४२ को विनय राउत कुर्मीले मिति २०७८।०१।२० गते अंन्दाजी ३ बजेको समयमा रौतहट गौर नगरपालिका वडा नं. ८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा जाहेरवाला समेतलाई बोलाई चिन जान भई निजले जाहेरवालाहरुलाई प्रलोभन र गफलतमा पारी मेरो प्रहरीमा राम्रो सम्पर्क छ, भगौडा प्रहरीको खाली ठाउँमा जागरी लगाईदिन सक्छु, सो भएन भने विदेशमा राम्रो काममा पठाई दिन्छु, भनी विभिन्न ५ जना मानिसहरुबाट सात लाख पचपन्न हजार ठगी गरी फरार रहेकोले निजलाई खोजतलास गर्ने क्रममा निज लुकी छिपि बसि रहेको अवस्थमा बुधबार पक्राउ गरिएको जनाएको छ ।
प्रहरीले रौतहट यमूनामाई गाउँपालिका वडा नम्बर १ सुकदेवचौक स्थितबाट पक्राउ गरी ठगी सम्वन्धि कसुर अन्तर्गत सम्मानित रौतहट जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको हो।








