अखिलेश कुमार यादव । गौर- रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा दलित समुदायको १५ बर्षिया किशारी माथि सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।

माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा घर भएकी दलित जाति पासवान भएकी १५ बर्षिय किशोरीलाई उनकै गाउँको तिन जना युवाहरुले सामूहिक रुपमा मिलेर बलात्कार गरेको पिसित पक्षको आरोप रहेको छ । ३ जना युवाहरुको समूहले मंगलवार अपरान्ह सामुहिक रुपमा युवतीलाई बलात्कार गरेको ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनु भएको छ ।

पिडिता किशोरीमाथि भएको बलात्कार पछिको पिडा सहन गर्न नसक्दै रुदै छटपटिरहेको अवस्थामा उनका छिमेकीहरुले युवतीलाई घरमा पुर्याएपछि इलाका प्रहरी कार्यालय गरुडालाई खवर गरेको थियो ।किशारी माथि घटेको घटनाको अनुसन्धान गर्दै उक्त कार्यमा संलग्न रहेका एक जना युवकलाई गए राति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारी जानकारी दिनु भएको छ ।

पक्राउ परका १८ बर्षिय युवक किसुनी सहनीलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरेर जबरजस्ती करणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको छ । फरार रहेका अन्य दुईजना युवकको खोजी कार्य तिव्ररुपमा भइरहेको प्रहरीले जनाको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here