रौतहट । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको शाखा विस्तार कार्यक्रम आइतबार सम्पन्न भएको छ । रौतहटको गरुडा नगरपालिकास्थित एनपि स्टार होटलको सभा हलमा सम्पन्न सो भेलाले राजेश पासवानको अध्यक्षता दलित पत्रकार संघ रौतहटको गठन भएको छ । त्यसैगरि संघका सचिवमा जितेन्द्र कुमार दास चयन हुनु भएको नव निर्वाचित अध्यक्ष पासवानले बताउनु भयो ।
पत्रकारिका क्षेत्रमा रहेर निपक्ष सामाचार आम नागरिकहरुलाई सम्प्रेसन गर्नु पर्नेमा पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले आग्रह गर्नु भएको छ ।
वास्तविक घटनाहरुलाई नागरिक सामु ल्याउदा पत्रकारहरुलाई केही अराजक ब्यक्तिहरुले पत्रकारलाई नै फसाउन विभिन्न षडयन्त्र हुने हुदा त्यससँग लड्न रौतहटका पत्रकारहरुलाई चुनौती रहेको झाले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका संघिय उपाध्यक्ष भोला पासवान , नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा ,दलित विकास समिति प्रदेश २ का सदस्य राजकुमार दास लगायत रौतहटका विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।








