अखिलेश कुमार यादव रौतहट । २०७७ साल भदौ ०३ गते माधव नारायण नगरपालिकाको वडा न २ खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्याको आरोपमा पक्राउ परेको देवाही गोनाही नगरपालिकाको वडा न १ शेख नुरुल्लाह अदालतमा हाजिर भएको २ घन्टामै धरौटीमा रिहा भएको प्रति बिश्व हिन्दु परिषद रौतहटको अध्यक्ष आलोक पाण्डेयको नेतृत्वमा हत्यारा वडाअध्यक्ष लगाएत अन्यलाई कारवाहीको मांग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रवार ज्ञापन पत्र बुझाईएको छ।
हनुमान मंदिर को पुजारी श्री राम शाह लाई राती खाना खाई रहेको बेला केहि व्यक्तिको समूहले गोलि हानि हत्या गरेको थियो । पूजारी साहको गोलि हानि हत्या गरिएको र सो सँग सम्बन्धित संगदिध अपराधी (प्रतिवादी)हरु लाई अदालतमा मुद्दा चली रहेकों अवस्थामा संदिध मध्ये एक जना शेख नुरूलाह ( वडा अध्यक्ष) लाई अदालत मा हाजिर भएको एक घण्टा मा नै साधारण तारेखमा रिहा हुनु आफै मा आश्चर्य एवं दुस्ख लाग्दो कुरा भएको बिश्व हिन्दु परिषद परिषद रौतहटको अध्यक्ष आलोल पाण्डेले वडा अध्यक्ष र अदालतको कडा आलोचना समेत गर्नु भएको छ ।

सम्बन्धित निकायले यसमा ध्यान दिएन भने, भोलि को दिन मा हिन्दु धर्म मा आस्था राख्ने धर्म अनुवायिहरु साधु को हत्या को न्याय को लागि समाजिक स्तरमा चुप लागेर न बस्ने कुरा को जानकारी गराउने उद्देश्यले ग्यापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्र म को कार्यालय, गृह मन्त्रालय,मानव अधिकार, सम्मानित सर्वोच्च अदालत एवं सम्मानित न्याय परिषद् लगायत जिल्ला प्रशासन कार्यालय लाई छुटा छुट्टै दिएका अध्यक्ष पाण्डेले बताउनु भएको छ ।ज्ञापन पत्र परिषद् का जिल्ला अध्यक्ष आलोक पाण्डेय ले पढेर सुनाउनु भएको थियो।
कार्यक्रम मा युवा संयोजक नन्द भुषण श्रीवास्तव, परिषद् का संचार प्रमुख चन्चल झा, उपाध्यक्ष रणधीर ठाकुर, समाजसेवी अभितेन्द्र श्रीवास्तव, परिषद् का महादेव पट्टी प्रमुख धर्म राज पटेल, युवा अभियन्ता एवं संचार कर्मी हरु को साथै समाज का लब्ध प्रतिष्ठित महानुभावहरुको उपस्थिति रहेको थियो ।








