साउन २२, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई अह्वान गरेका छन् ।बिहीबार विज्ञप्ति जारी गर्दै जसपा अध्याक्ष यादवले दृढता पूर्वक पार्टीको पक्षमा रहन र पार्टी एकतालाई मजबुत बनाउन आह्वान गरेका हुन् ।
साथै उनले संघीय, लोकतन्त्र, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षतासहितका मौलिकहकहरु राजनीतिक एवं सवैधानिक रुपले संस्थागत गर्दै जाने र बाँकी अधिकार प्राप्तिका लागि संघर्ष गर्नु अहिलेको कार्यभार रहेको पनि बताए ।







