१८ असार काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन।
महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै बैठक सुरु भएको हो।बैठकमा उपाध्यक्ष बामदेव गौतम भने सहभागी भएका छन्।नेपाल पक्षले २०७५ जेठ २ का कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।
तर बुधबार बसेको स्थायी कमिटीले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट रहेको थियो।







