धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले फेरी ७ दिन धनुषा जिल्लाभरिमा निषेधाज्ञा थप गरेको छ । आज राति १२ बजेवाट ७ दिनकोलागि निषेधाज्ञालाई निरन्तरता दिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको हो ।
जिल्लाको कोभिड–१९ संक्रमण एवम् सुरक्षा व्यवस्थाको सम्वन्धमा समिक्षा गरि जिल्ला भित्र कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि संक्रमणको चुनौती अझै कायम रहेको भन्दै ७ दिनकोलागि निषेधाज्ञा जारी गरेको जनाइएको छ ।








