रौतहट १२ जेष्ठ ।
रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला कोभिड अस्पताललाई एक संस्थाले आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । छाया नेपाल नाम संस्थाका रौतहट संयोजक युवा तथा समाजसेवी राजेश कुमार साहले जिल्लामा रहेको कोभिड अस्पताल लाइ स्वास्थ्य सामग्री सहयोग गरेको हो। उनले अस्पतालको लागि १० बेड सेट, २५ थान पिपिइ सेट,सर्जिकल मास्क २५ थान, डिजिटल थर्मोमिटर ४ थान र अक्सि मिटर ३ थान सहयोग गरेको बताइएको छ। सो स्वास्थ्य सामाग्री गौर अस्पतालका मेसु डा. कृष्ण साहलाइ हस्तान्तरण गरिएको हो। कोभिड संक्रमण बाट सामाग्रीको अभाव भइ कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामाग्री सहयोग गरेको साहले बताएका छन्। कोरोना माहामारीको समयमा आवश्यक सामाग्री प्रदान गर्दा छाया नेपाल संस्थालाइ अस्पतालका डा.साहले धन्यवाद व्यक्त गरेका छन् ।







