१७ बैशाख ।अखिलेश कुमार यादव ।

रौतहटमा करेन्ट लागेर मृत्यु भएको मौलापुर नगरपालिका चिरचिरीया निबासी विस्वनाथ राउत कुर्मीको १२ वर्षीय छोराको मृत्युको खबर सुने पछि मौलापुर नगरपालिकाको नगरप्रमुख रिना साहले नगरपालिकाको तर्फ बाट आर्थिक सहयोग पिडित परिवारलाई गरेकी छिन ।

बिहिवार करेन्ट लागि मृत्यु भएको खबर सुन्ने बितिकै मौलापुर नगरपालिकाले नपाको तर्फ बाट आर्थिक रुपमा २५ हजार रुपैयाँ सहयोग गरेको छ । आफ़नो खेतमा पानी पटाउने क्रममा बिजुलीको नागों तारबाट करेन्ट लागेर १२ बर्षिय बालकको मृत्यु भएको थियो ।

राहत स्वरुप आउदो दिनमा पिडित परिवारलाई ठप्प सहयोग गरिने मौलापुर नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले प्रतिबद्धता समेत गर्नु भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here