रौतहट १६ बैशाख ।
रौतहटको वन गस्ती टोली र प्रहरीको संयुक्त टोलीले एउटा कारबाट २० क्युफिट सालको काठ बरामद गरेको छ ।रौतहटस्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पौराई नजिक बा६च ६५८३ नम्बरको कारभित्रबाट काठ बरामद गरेको हो । रौतहटबाट अवैध तरिकाले उक्त काठ सर्लाहीतर्फ लगिरहेको सूचनाको आधारमा खटिएको वन गस्ती टोली र प्रहरीको संयुक्त टोलीले सो काठ बरामद गरेको हो। बरामद गरिएको काठ र गाडीलाई वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिएका छन्।गाडी चालक गस्ती टोलीलाई देख्नासाथ फरार रहेको छन् । उक्त कार कसको हो भन्नेबारे खोजीका लागि यातायात कार्यालय वीरगंजमा पत्र पठाउन लागिएको वन प्रमुख यादवले जानकारी दिएका छन् ।








