रौतहट १४ बैशाख ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाले भोली बुधवार देखि एकसाता सम्मको लागि बाह्य कामकाज बन्द गर्ने भएको छ । कोभिड १९ को दोश्रो लहर तिव्र रुपमा फैलिदै जाँदा कर्मचारी र नगरवासीलाई सुरक्षित राख्नका निमित्त बन्द गर्ने निर्णय गरिएको हो। बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाको आन्तरिक सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द गर्ने भएको मेयर रामचन्द्र चौधरीले बताएका छन् ।पुर्व पश्चिम राजमार्ग संग जोडिएका रौतहटको चन्द्रपुर नगरपालिकाको आन्तरिक काम बाहेक बाह्य काम बुधबार देखि एक साताको लागि बन्द रहने निर्णय गरेको हो । चन्द्रपुर नगरपालिकामा रहेका १० वटै वडा कार्यालयहरुबाट बाह्य सेवाहरु बन्द रहने चौधरीले जनाएको छ। वैशाख १५ देखि २१ गते सम्म बन्द रहने मेयर चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Home मुख्य समाचार रौतहटको चन्द्रपुर नगरपालिकाले भोली बुधवार देखि एकसाता सम्मको लागि बाह्य कामकाज बन्द...







