जनकपुरधाम, १३ वैशाख।
सर्लाहीको मलंगवाबाट गोली लोड भएको पस्तोल र लागुऔषध चरेससहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । भारतको बिहार राज्य अन्तर्गत सितामढी थाना कन्हौली ग्राम पञ्चायत बिसनपुर आधार वडा नम्बर ८ बस्ने २४ वर्षीय सकलदीपकुमार महतोलाई पक्राउ गरिएको हो । महतो सवार बीआर ३० एस ६२०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको डिकीभित्र गोली लोड भएको अवस्थामा कटुवा पेस्तोल दुई थान र लागूऔषध चरेश ५ सय ग्राम बरामद भएकोजिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा सम्भावित आपराधिक घटना रोक्न आइतबार राति गस्ती गरिरहँदा महतोलाई मलंगवा नगरपालिका वडा नं। ६ खुटौनाबाट नियन्त्रणमा लिएको हो ।महतोलाई नियन्त्रणमा लिई लागूऔषध तथा हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।








