११ बैशाख । रौतहट रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ४ पचरुखीकाे छतौना टाेलमा आगलागी भएको छ । आगलागी हुदा छतौना टाेल निवासी बिगु बैठाको घर तथा गोठ जलेर नष्ट भएको छ।

भीषण आगलागी बाट करिब १० लाख बराबरकाे अन्न तथा चौपाया (भैंसी गोरु)पुर्णरुपले जलेकाे युवा नेता डिके झाले बताए । आगलगीबाट पिडित बनेका निज बैठा परिवार माथि बज्रपात परेको छ ।

पिडित परिवारलाई भेटी युवा नेता डिके झाले व्यक्तिगत नगद रु १० हजार सहयोग गरेका छन्। अत्यन्त दु:खद घडी बाट गुज्रिरहेको पिडित परिवारलाई सरोकारवला निकायसंग सहयोगको लागी युवा नेता झाले अपिल समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here