जनकपुरधाम,३१ चैत।
धनुषाको मिथिला नगरपालिका २ स्थित नक्टाझिजमा गएराति ३ वटा घरमा चोरी भएको छ । चोरी गर्दै गर्दा स्थानीयहरुले एक जना चोरलाई समातेको छ ।चोरले ३ जनाको घरमा घरको भित्ता काटेर सईन चोरी गरेको स्थानीयले बताएका छन् । चोरले विश्वकर्माचौक स्थित स्थानीय ओपेन्द्र महतो, बम राय र स्वास्थ्य चौक नजिक भगलु महतोको घरमा घरको भित्ता सईन काटेर चोरी गरेको हो ।चोरी गर्दे गर्दा भगलु महतोको घरमा एक चोर समातिएको छ । चोरलाई राति नै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरेको जिम्मा लगाएको स्थानीयहरुले बताएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले एक जना चोर समातिएको बताएपनि चोरको विषयमा अनुसन्धान भईरहेकोले नाम ठेगाना खोल्न चाहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here