रौतहट,२८ चैत्र । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा जारी मेयर कप क्रीकेटको उपाधी वडा नं. ५ पताहीले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा वडा नं.५ ले वडा नं. ३ लाई ७५ रनले हराउदैं जित हात पारेको हो ।
पताहिले आफनो घरेलु मैदानमा टाँस हारि ब्याटिङ सोज्दैं निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रन बनाएका थिए । निखिल सिंहले वडा नं.५ को तर्फबाट ब्याटिङ गर्दै अत्यधिक २६ बनेका हुन।
टाँस जितेर फिल्डिङ रोजेको वडा नं.३ बसतपुरले १४५ रनको लक्ष्यलाई पछ्याउने क्रममा १२ ओभरमा ६९ रनमा अलआउट भए पछि हार व्यहोर्नु परेको थियो । पहिलो ईनिङमा सर्वाधिक २६ रन र दोस्रो इनिङमा बलिङ तर्फबाट २ विकेट लिने निखिल सिंह म्यान अफ द म्याच बनेको हो । साथै सिरिजमा सर्वाधिक १५० रन बनाउने निखिल म्यान अफ द सिरिज पनि बनेको हो । त्यस्तै बेस्ट किपर नितिस पटेल र बेस्ट फिल्डर रुपेश पंडित बनेको हो ।
जितसंगै पताहिले ट्राफी सहित नगर रु २५ हजार र उप विजेता बसतपुरले १५ हजार पाएको हो ।
राजदेवी नगरपालिकाको आर्थिक सहयोग र समाज सुधार अभियानको आयोजनामा मेयर कप क्रीकेट प्रतियोगिता २०७७ को आज भई सम्पन्न भएको हो ।
नेपाल काँग्रेस जिल्ला सभापति कृष्णा यादवको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल खेलमा रौतहट क्षेत्र नं.१ क का विधायक प्रत्यासी नागेन्द्र साह र राजदेवी नगरपालिका प्रमुख धिरेन्द्र कुमार सिंह विशिष्ट अतिथि रहेका थिए ।

अतिथिको रुपमा स्थानिय समाजसेवी नवीन सिंह, रामप्रताप सिंह, राधेश्याम साह, प्रत्येक वडाका वडाअध्यक्ष लगायत दर्जनौं स्थानीय भद्रभलादमीहरुको उपस्तिथि रहेको थियो ।






