अखिलेश कुमार यादव ।चैत २८ रौतहट ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाले बिकाशको गतिमा तिब्रता ल्याएको छ ।गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवको पहलमा वडा न ५ महम्मद्पुरमा नाला निर्माण देखि लिएर सडक ढलानको कार्य तिब्र रुपमा अगाडी बढिरहेको छ ।
महम्दपुरमा यस आवमा ३० लाखको लागतमा सडक ढलानको सुरुआत गरेको जसपा यूवा नेता अनिल यादवले जानकारी दिनु भएको छ ।
पछिलो समय मेयर यादवले जनताको आवश्यक्ता, चाहना, इच्छा र आकांक्षा अनुसारको नै विकास निर्माणको काम गर्नथालेपछि नगरवासी हर्षित भएका छन । आफना लागि जनता नै भगवान भएकोले आफुले जनताको चाहना अनुसारको नै काम गर्दै जाने मेयर यादवले प्रतिवद्धता जनाएका हुन ।
नगरको चौतर्फि विकास गरी नगरलाई एक समृद्ध र विकसित नगर बनाउने आफनो योजना रहेको मेयर यादवले बताउनु भएको छ ।नाला निर्म्मान र सडक ढलान कार्यलाई तिब्र रुपमा अगाडी बढाउनको लागि आज महम्मदपुरका जनताहरु संग विवाद उत्पन्न नहोस उदेश्यको साथ् राय एवं सुझाव संकलन गरिएको छ ।नगर प्रमुख यादवको जनमुखी कार्यबाट नगरवासी निकै उत्साहित भएका छन ।सो अवसरमा स्थानिय भद्रभलादमी , बुद्धिजिवीहरु लगाएतको सहभागिता रहेको थियो








