चैत १८ काठमाडौँ : प्रदेश-२ प्रमुख डा.राजेश अहिराजले आधा महिनाको पारिश्रमिक बराबरको रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।आफुले पदभार ग्रहण गरेपछिकाे पहिलो महिनाकाे आधा पारिश्रमिक रकम लिएर डा.अहिराज बुधबार पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका हुन् ।

प्रदेश प्रमुख डा.अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण निरीक्षण गरी केन्द्रका सञ्चालक पुनलाई रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणपछि बाेल्दै अहिराजले प्रदेश २ मा पनि आविष्कार केन्द्रको स्थापनाका लागि पुनलाई प्रस्ताव गरेको नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले जानकारी दिए । त्यसका लागि जग्गा उपलब्ध गराउनेदेखि सरकारसँग बजेटका लागि पनि पहल गर्ने डा.अहिराजले पुनलाई आश्वासनसमेत दिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here