रौतहट १५ चैत ।
रौतहटको बौधीमाई नगरपालिका नेपाली कांग्रेस कार्यकर्ताहरु बाट आज होलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस पार्टीको युवा नेता तथा बौधीमाई का मेयर प्रत्यासी राजन बाबु जैसवाल आफै निवासमा सो कार्यक्रम गरिएको छ।
उक्त कार्यक्रम अध्यक्षता बौधिमाई नगरपालिका का मेयर प्रत्यासी राजन बाबु जैसवाल,प्रमुख अतिथि शेख लालबाबु, विशिष्ठ अतिथि क्षेत्र नं २ ख को विधायक प्रत्यासी रामचन्द्र गिरी, परोहा नगरपालीका का नगर प्रमुख शेख वकिल अतिथिको रुपमा नेपाल तरुण दल रौतहट जिल्लाको सभापति नौसद आलम , सांसद तथा पूर्वमन्त्री अफताब आलमको छोरा डा राजिक आलम, धरमेन्द्र प्रसाद पटेल, सुनिल प्रसाद जैसवाल, राजेश कुशवाहा लगायत बुद्धिजीवी, शिक्षक, समाजसेवी, पत्रकार हरुको उपस्थिति रहेको थियो।
Home मुख्य समाचार बौधीमाई नपाका कांग्रेस कार्यकर्ताहरु होलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।








