फाल्गुन २८ काठमाडौँ ।नेपालमा पहिलो पटक चीनबाट युरिया मल भित्र्याएको छ । नेपाल–चीनको नाका तातोपानी हुँदै चीनमा उत्पादित युरिया मल तातोपानी सुक्खा बन्दरगाह लार्चामा आइसकेको छ ।
चीनको सिगात्सेमा सङ्कलन गरी राखिएको मल आइतबारदेखि नेपाल आउन लागेको तातोपानी क्वारेन्टाइन अधिकृत बुद्ध चन्द्रले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क मार्केटसँग ढुवानीको सम्झौता गरी नेपाल ल्याउन लागेको होध्र चीनबाट साल्ट ट्रेडिङ कर्पोरेसनले चार हजार मेट्रिक टन मल ल्याउँदै छध्र साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडका सहायक महाप्रबन्धक पङ्कज जोशीले शुक्रबारसम्म दुई हजार मेट्रिक टन मल नेपाल आइपुग्ने बताए । गोरखापत्रमा खबर छ ।








