सप्तरी १७ फागुण ।
स्रोत नखुलेको तीन लाख रुपैँया सहित प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका १ स्थित खाँडो खोला नजिकबाट छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षीया गीता देवी महतोलाई उक्त रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार बीओपी तिलाठीको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३ लाख रुपैयाँ बरामद भएको हो । बरामद रकमसहित उनलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताए ।
यसअघि ११ फागुनमा यही ठाउँबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिलालाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here