रौतहट ७,फागुण ।
रौतहट जिल्लाको गुजरा नगरपालिकाको गुजरा खोलामा पुल निर्माण हुने भएको छ। शहरी विकास मन्त्रि प्रभु साहले पुल निर्माणको विहिबार एक कार्यक्रमका बिच शिलन्यास गर्नुभयो । साथै उँहाले बालचनपुर जंगलसैया र परसवा पल्टुवासम्मको कालोपत्रेको पनि उद्घाटन गर्नु भयो ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय विरगञ्जबाट गुजरा नगरपालिकामा निर्मित परसवा पल्टुवा खल्बैया सडकको मन्त्रि साहले विहिबार विधिवत रुपमा उद्घाटन गर्नु भएको हो ।


सोे कार्यक्रममा आफ्नोे भनाइ राख्नु हुदै मन्त्रि साहले समयमा नै कालोेपत्रे सम्पन्न गरेकोमा धन्यवाद दिनु हुदै आफुले उद्घाटन गरेको पुल २ बर्षभित्र सम्पन्न गर्नु पर्ने समयावधि रहेको भएतापनि त्योे समय भन्दा अगाडी सम्पन्न हुनेमा विश्वस्त रहेकोे बताउनु भयो ।


गुजरा पुल उद्घाटन कार्यक्रममा बिधायक कुन्दन कुशवाहा , सडक डिभिजन कार्यालयका प्रमुख , प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ,शसस्त्र प्रहरी प्रमुख , कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा , मौलापुरका नगर प्रमुख रिना कुमार साह लगायत बिजय यादव , त्रिभुवन साह पार्टीका नेता कार्यकर्ता तथा स्थानिय नागरिकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here