रौतहट २९ माघ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवको प्रमुख आतिथ्य तथा वडा नं ६ का वडा अध्यक्ष राजीव कुमार यादवको अध्यक्षतामा माधोपुर बजारमा बुधवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।


सरसफाई कार्यक्रममा माधोपुरका सबै राजनितिक दलका प्रतिनिधि, वडा अध्यक्ष राजीव यादव, जसपाका माधवनारायण नगर कमिटि अध्यक्ष हरिनारायण यादव, जसपा नेताहरु राम निवास यादव, विरझन यादव, चन्देश्वर साह, जमुना, कांग्रेस नेता बैजु यादव, राम कृपाल यादव, नेकपा नेता उपेन्द्र साह लगाएतका नेतासँगै जनप्रतिनिधि तथा उच्च पदस्त कर्मचारी, पदाधिकारीहरु, पत्रकार, नेपाल प्रहरी लगाएत आ आफना हातमा झाडु लिएर सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here