मकवानपुर २३ माघ।
मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिनुभयो ।
उनका अनुसार शुक्रबार बिहान ६ः१५ बजे पार्टी प्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here