काठमाडौं २२ माघ ।
प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडकमा निस्किएका ७७ जना नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइएका हुन् । निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार काठमाडौंबाट र भक्तपुरबाट करिब ८० जना भन्दा बढीलाई पक्राउ गरी नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । डर, धम्की देखाउने र जबरजस्ती रोक्ने कार्यलाई निषेध गरिएको पालले जनकारी लिनुभयो ।
गृह मन्त्रालयले बुधबार सूचना जारी गरेर सडकमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई नियन्त्रणमा गर्ने भनेको थियो । सोही अनुरुप प्रहरीले बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली खटाएर निगरानी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here