रौतहट २२ माघ ।
गरुडा इलाका प्रहरी कार्यालयले चोरी गरेको मोटरसाइकल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
गरुडा नगरपालिकाको वडा नं. ५ झाँझपुलमा बुधबार बिहान ९ बजेको समयमा प्रहरी टोली द्वारा चेकजाच गर्ने क्रममा बा। प्र. ०३ – ००२ प ६५८८ नम्बरको रातो रंगको पल्सर एन एस २०० सी सी को मोटरसाइकल सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जिल्ला बारा कोल्हबी नगरपालिका – ७ धोंधरपा टोल बस्ने २१ वर्षीय सागर चौधरी र त्यही नगरपालिका – वडा नं. १० प्रसौनी टोल बस्ने २० वर्षीय देव् प्रकाश चौधरी रहेका छन ।
हेडौंडा उप महानगरपालिका – ४ अजर अमर रोड बस्ने महमद ओली उल्लाहको आफ्नै डेरा कोठा बाहिर पार्किंग गरि राखिएको अवस्थामा माघ १८ गते करिब साढ़े ९ बजेको समयमा मोटसाइकल चोरी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here