नुवाकोट १९ माघ ।
नुवाकोटमा सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सम्बोधन गर्ने कार्यक्रमरहेको थियो।तर, कार्यक्रम सुरु हुनुअघि नै दाहाल–पक्षले विरोध तथा प्रदर्शन गर्दा झडप भएको हो। झडपमा परी दुवै पक्षका केही कार्यकर्ता घाईते समेत भएको बताईएको छ ।
उता, विरोधमा उत्रिएकाहरुले मन्त्रीहरुलाई कालो झण्डा देखाएका थिए । प्रदर्शनमा सहभागी दाहाल–नेपाल पक्षकी विद्यार्थी नेतृ उषाकिरण तिम्सिनाले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेकी छिन्–”नुवाकोटमा असंबैधानिक मन्त्री आगमनको क्रममा हाम्रो शान्तिपूर्ण आन्दोलनमा ओलीगुटका मान्छेहरुले हमला गरेपछी भmडप भएको थियो । यो आन्दोलन ब्यक्तिबिरुद्द होईन, निरंकुश शासन र प्रतिगमनकारि संसद विघटन ताबिरुद्द रहको तिमल्सिनो बताइन् ।








