रौतहट १७ माघ ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर -४ भित्र बसोबास गर्दै आएका ८० बर्ष माथिका जेष्ठ नागरिक लाई आज एक कार्यक्रमको बीच सम्मान गरिएको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरि वडा भित्रका जेष्ठ नागरीकहरु लाई चन्द्रपुर नगरपालिकाका मेयर राम चन्द्र चौधरीको प्रमुख आतिथ्य मा सम्मान गरिएको छ। सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै नगरप्रमुख रामचन्द्र चौधरीले नगरभित्रका जेष्ठ नागरिक लाई सम्मान मात्रै उहाहरु सुखमय भएको हेर्ने चाहना आफनो रहेको बताउन् भयो ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख कार्यक्रममा चन्द्रपुर – ४ का वडा सदस्यहरु, कार्यापालिका सदस्य काजीमान माझी , उपमेयर रामरति चौधरी, दुर्गामावि ठाडाटोलका अध्यक्ष कृष्ण तिमल्सेना , संचारकर्मी संजय कार्की, फणि महत लगाएतको उपस्थिती रहेको थियो ।
वडा का करीव ५० जना जेष्ठ नागरीकहरुलाई , ब्ल्याङकेट,दोसल्ला र हर्लिक्स दिएर सम्मान गरिएको वडा अध्यक्ष अमर बहादुर आलेले जानकारी दिनुभयो ।
मेयर चौधरीले वडाले जेष्ठ नागरीक लाई गरेको सम्मानले नगरपालिकार जेष्ठ नागरीक बिच को सम्बन्ध लाई अझै जोड्ने बिश्वास गरेका छन । यो उपहार र सम्मान मूल्य मा भन्दा पनि भावना जोड्न समेत मेयर चौधरीले आग्रह गरेका छन ।
चन्द्रपुर- ४ का वडा अध्यक्ष आलेले कार्यक्रम गर्नुको उदेश्य जेष्ठ नागरीक को सम्मान भएमा समाजमा बृद्धाबृद्धाहरुको सम्मान गर्नु पर्छ भन्ने भावना जगाउन कार्यक्रम गरिएको जनाएको छ । जेष्ठ नागरिक समाजको ईतिहास समेत भएका ले पनि सम्मान गरिएको उनले जनकारी दिनुभयो ।








