जनकपुरधाम १२ माघ ।
धनुषाको विदेह नगरपालिका– १ (साबिक गाविस ठाढीझिझा वडा नं. ३० बस्ने ईशा साहको अन्दाजी ३२ बर्षिय श्रीमति सुनिता खातुनलाई गर्भ तुहाइदिएकी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।धनुषाका जिल्ला प्रहरी कार्यालय अनुसार गर्भ तुहाइदिएको भन्दै स्थानीय जरिना खातुनको जाहेरीले सुनिता खातुनलाई फरार भएको झण्डै ६ बर्षछि उनलाई आइतवार पक्राउ गरिएका छन् ।
जरिना खातुन र सुनिताको झगडा पर्दा जरिना गर्भवति थिइन, पेटमा हान्दा हान्दै उनको बच्चा पेटमै मरेको प्रहरीको भनाइ छ ।








