काठमाडौं ६ माघ ।
राजविराज स्थायी घर भएर लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा सोमवार घरभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
चार वर्षदेखि फ्लाट भाडामा लिएर आएका उनीहरु आफ्नो कोठामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्।
घटनास्थलबाट प्रहरीले स्लफर नामको विषादीको बट्टासमेत फेला पारेको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानले विष सेवनबाट आत्महत्या गरेको देखाएको छ। ‘विष भेटिनुले आत्महत्यातिर नै अनुसन्धान केन्द्रित भएको छ। तर, अन्य एङ्गलबाट पनि अनुसन्धान गरिरहेका छौं,’ एसएसपी बज्राचार्याले भनिन्।







