काठमाडौं ६ माघ ।
काठमाडौंको कलंकी खड्का गाउँमा न्यानो बनाउन भन्दै हिटर बालेर सुतेका बेला कोठाभित्र आगलागी हुँदा ८६ वर्षीय शिवराम खड्काको जलेर मृत्यु भएको छ ।खड्का घरको दोस्रो तलामा हिटर बालेर सुतेका थिए । हिटर बालेको बेला विद्युतीय तार सर्ट भएर आगलागी भएको प्रारम्भिक महानगरीय प्रहरीको अनुमान छ ।केही जलेकोजस्तो गन्ध आएपछि कोठाभित्र हेर्दा शरीरको अधिकांश भाग जलेको अवस्थामा खड्का मृत फेला परेको घरका सदस्यहरुलाई उद्धृत गर्दै महानगरीय प्रहरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here