धनगढी १ माघ ।
धनगढीमा बिहीबार बिहान मृत अवस्थामा भेटिएका पुरुष प्रहरी भएको खुलेको छ।
धनगढी उप–महानगरपालिकाको मनहेरामा हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घटना भएको अवस्थामा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी भउको खुलेको हो।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले मृत भेटिएका चौधरी घर फर्किने क्रममा दुर्घटनामा भएकको हुनसक्नेबताएका छन्
उनका अनुसार चौधरी सवार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ घटनाको अन्य बिीतृत अनुसन्धान भइरहेको बताएका छन्।






