रौतहट २९ पौष ।
रौतहटमा गैर कानुनी रुपमा नदि उत्खन्न गर्ने एक स्काभेटर चालक माथी मुद्धा दर्ता भएको छ । डिभिजन वन कार्यालय रौतहटले जिल्लाको पुर्वि भेग स्थित बागमति नदिबाट अबैध रुपमा ढुंगा, बालुवा र गिटि उत्खन्न गरेको कारण स्काभेटर चालकमाथी मुदा दर्ता गराएको हुो । केहि दिन अघि मात्रै जिल्लाको वृन्दावन गरपालिका अन्तर्गत पर्ने बागमति नदिबाट मापदण्ड विपरीत बालुवा, गिटि र ढुंगा उत्खन्न गरेको अभियोगमा पक्राउ परेका हुवाण्डो स्मार्ट २२० नम्बरको स्काभेटर चालक चन्द्रपुर नगरपालिका २ निवासी विजय चौधरीमाथी मुद्धा दर्ता भएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । अबैध रुपमा नदि उत्खन्न गरेको भन्दै पक्राउ परेका स्काभेटर चालक माथी सोमवार साझ जिल्ला अदालत गौरमा मुदा दर्ता गरिएको जिल्ला डिभिजन तथा वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिएका छन्। आफुहरु उक्त खोलाको अनुगमन गर्न जादा स्काभेटर चालकले मापदण्ड विपरीत नदि उत्खन्न गरेको र दोषी देखिएकोले चालकमाथी मुद्धा दर्ता गराएको जिल्ला वन अधिकृत सिंहले बताएका हुन । मापदण्ड विपरीत नदिको वहावलाई नै मानव बस्ती तथा जङ्गल तिर परिवर्तन गर्ने गरी नदि उत्खन्न गरिएको र भोलीका दिनमा उक्त उत्खननले बस्ती नै डुवान पर्ने जोखीम देखीएको कारण नदि उत्खन्न गर्ने कार्यमा प्रयोग गरिएको उक्त स्काभेटर सहित चालकलाई स्थानीयहरुले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय रौतहटमा बुझाएका थिए। मापदण्ड भन्दा विपरीत गएर नदि उत्खन्न गरी नदिको मुल धारलाई नै अन्यत् परिवर्तन गर्ने कार्य गरेको स्थानीय बासीको गुनासो रहेको छ।






