चितवन, २२ पौष ।
चितवन जिल्लामा भएका गम्भीर प्रकृतिका सवारी दूर्घटनाहरुमा दुइपाङ्ग्रे सवारी साधनहरुको संलग्नता बढ्दै गएको र मानवीय क्षति पनि बढि देखिएको सन्दर्भमा त्यस्ता दूर्घटनालाई न्यूनिकरण गर्ने र चालकहरुलाई दूर्घटना प्रति संवेदनशील बनाउने उदेश्यले बुधबार कार्यक्रम संचालन गरेको छ ।
जिल्ला चितवन भरतपुर महानगरपालिका १० चौविस कोठीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मातहतका सबै कार्यालय प्रमुख सिनियर प्रहरी अधिकृतहरु तथा वेय ग्रुप नेपालका स्वयंसेवकहरुको सहभागितामा कार्यक्रम संचालन भएको छ ।

बुधबार ३५० वटा मोटर साईकल तथा स्कुटर चालकहरुलाई सडकमा नै ५ मिनेट प्रशिक्षण प्रदान गरि सचेतना मुलक सामग्रीका साथमा सुरक्षा स्टिकर समेत टाँस गरि “म असल चालक” अभियानको शुभारम्भ गरिएको चितवन टाफिकले जनाएको छ।







