रौतहट १६ पौष ।
मधेशका मसिहा भनेर परिचित रहेका जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम रौतहट क्षेत्र नं.१ का पहिलो संविधान सभा सदस्य बबन सिंह प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेका नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) मा प्रवेश गरेका छन् ।
मधेश आन्दोलनलाई उच्च शिखरमा पुर्याउने तथा गौर घटनामा मुख्य भुृमिका निर्वाह गरि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई परास्त गर्ने भुमिका खेलेका नेता बबन सिंह बिहीबार एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहमा प्रवेश गर्नु भएको हो ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रहेको बबन सिंहले नेकपा प्रवेश गर्न साथ प्रदेश नं. २ मा रहेको जसपा नेतृत्वको सरकारलाई एक नम्बरको कमिसनखोर सरकार रहेको आरोप लगाएका छन् ।

संविधान सभाका पहिलो सदस्य बबन सिंहलाई नेपाल कम्युष्टि पार्टीका प्रदेश नं. २ का अध्यक्ष एवम नेपाल सरकारका शहरी बिकाश मन्त्री प्रभु साहले अबिर माला लगाई नेकपा पार्टीमा स्वागत गर्नु भएको छ।
नव प्रवेशीलाई स्वागत गर्दै मन्त्री शाहले देश विकास र निकासको कार्य नेकपाका अध्यक्ष ओली मात्रै गर्न सक्नु हुने समेत बताएका छन् ।
हजारौंको सहभागीतामा रौतहटको गरुडा बजारमा सम्पन्न भएको बृहद कार्यकता भेला कार्यक्रममा नेकपा ओली समुहका प्रदेश नं. २ नेकपा संयोजक सत्य नारायण मण्डल, केन्द्रिय सदस्य अब्दुल कलाम अजाद, उद्धव रेग्मी, तुलसी गिरी, मनिशंकर लाल निधी लगायत सयौं नेता कार्यकर्ताहरु समामेल भएका थिए भन्ने कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य उपेन्द्र साहले गरेका थिए ।









