काठमाडौं ७ पौष ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनका सर्दभमा वरिष्ठ कानुन विदसँग छलफल गरेका छन् । प्रतिनिधिसभा विघटनपछि देशमा उत्पन्न संवैधानिक संकटबारे मंगलबार विहान नेता कोइरालाले पार्टीका केही केन्द्रीय सदस्यहरुका साथमा वरिष्ठ कानुनबिदहरूसँग छलफल गरेका हुन् ।
छलफलमा काँग्रेस केन्द्रीय सदस्यहरु दिपक गिरी, रामकृष्ण यादव, गगन थापा, बद्री पाण्डे र जिवन परियार तथा कानुनबिदहरू राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, महादेव यादव, बसन्तराम भण्डारी, डा. भिमार्जुन आचार्य, रामकृष्ण तिमल्सिना, योगेन्द्र अधिकारी, सुनील पोख्रेल र एकराज पोख्रेल सहभागी थिए ।
कानुनविदले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक बाटो बिराएकाले काँग्रेस सजक हुनेपर्नेमा जोड दिएका थिए ।पार्टीको केन्द्रीय समिति बैठकअघि नेता कोइरालाले केहि केन्द्रीय सदस्य र कानुन विदसँग छलफल गरेका थिए ।







