काठमाडौँ ६ पौष ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सो कदम असंवैधानिक भन्दै कानुनविदहरुले प्रतिक्रिया दिएका छन् ।
आइतबारै संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन पेश भएको छ । सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले संयुक्त रिट हालेका छन् ।
त्यस्तै अधिवक्ताहरु समृत र सुलभ खरेलले अर्को निवेदन पेस गरेका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि छुट्टै रिट निवेदन पेश गरेका छन् ।
रिट निवेदन पेश भए पनि रिट औपचारिक रुपमा दर्ता भने भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ।
आइतबार पेस भएका तीनै रिट सोमबार मात्रै दर्ता हुनेछ ।








